प्रतिकृया

अनुजा प्रकरणमा राष्ट्रपति र कान्तीपुरको समान साझेदारी



देशमा इमान्दारीताको संकट परिरहेका बेला अनुजा बानियाँले इमान्दारिताको पहरि  देखाएको चर्चा देशभरी एकैसाथ हुनसम्म फैलियो , देशैभरी अनुजा बानियाँको इमानको बखान छाइरहेको छ । उनले बसमा भेट्टाएको ९१ लाख रुपैयाँ र हिराको हार फिर्ता दिएको दावी गरेकी छन्, तर पैसा फिर्ता लिने र प्रत्यक्षदर्शि नभेटिएकाले उक्त ईमानदारितालाई शंकाको घेरामा पार्न सहज भएको छ
। सुनसरि प्रहरीले  घटना कपोकल्पित भएको भन्दै अनुसन्धान नै शुरु गरेको छ अनुजामाथी । २६ चैतमा इटहरीबाट धरान जाने बसमा अनुजाले पैसाको झोला भेटेको बताएकी छन् , घर पुगेर हेर्दा पैसा देखेपछि झोलाकै खल्तीमा भएको कागज हेरेर सम्बन्धीतलाई फोन गरेको उनको दावी छ , अनुजाका अनुसार पैसा हराएपछि सिधै काठमाडौ आएका पुरुषोत्तम पोखरेल पाँच दिन पछि धरान पुगेर पैसा बुझी फर्किएका थिए । तर समाचार यति धेरै फैलंदा पनि पौडेल सम्पर्कमा छैनन् । उनको फोन नम्बर समेत गल्तीवश डिलेट भएको अनुजाले बताएकि छिन् , कोही व्यक्ति ९१ लाख रुपैयाँ बोकेर बसमा हिड्नु र झोला छाडेर जानु आफैमा आश्चर्य हो’- इलाका प्रहरी कार्यालय धरानका डिएसपी दीपक रेग्मीको भनाइ छ ।

फेरि त्यति धेरै पैसा हराएपछि प्रहरीमा उजुरी गर्नुपर्ने हो तर सम्बन्धीतले पैसा हराएको पाँच दिन सम्म पनि उजुरी गरेको देखिएको छैन ,फेरि बसमा कसैले बिर्सेर गएको करिव २० किलोको झोला उठाएर घर जानुलाई पनि प्रहरीले शंकास्पद भनेको छ , तर अनुजाले आजभोलि प्रहरीको इमान विग्रदै गएकोले पैसा आफूले चौकीमा नदिई घर लगेको बताएकी छन् । अनुजाले पत्रकारहरुलाई दिएको विवरण अनुसार पौडेलले २६ चैत र त्यसको आसपासमा पुरुषोत्तमको  नाममा काठमाडौ र धरानबाट कुनै कारोबार नभएको तथ्य फेला परेको छ । आइएमईबाट एउटै व्यक्तिले त्यति धेरै पैसा निकालेको थियो भन्ने समाचार आएपछि आइएमइका कार्यकारी निर्देशक योगेश्वर ढकालले अनुसन्धान गरेका थिए । उनका अनुसार त्यस्तो नाममा कुनै कारोबार भएको छैन । इटहरीबाट अरु कुनै व्यक्तिका नाममा पनि त्यो दिन ९१ लाखको कारोबार भएको छैन फरक फरक नामबाट धेरै पैसा निकालेको भए फरक कुरा हो- ढकालको भनाई छ । पैसा फिर्ता दिने प्रचारमा आइरहे पनि फिर्ता पाउने कतै नदेखिएको जिल्ला प्रशासन सुनसरिले शंका व्यक्त गरेको छ । विहिबार नै प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले घटना साँचो हो कि मनगडन्ते हो भनेर अनुसन्धन गर्न धरानका डिगएसपी रेग्मीलाई निर्देशन दिएका थिए ,रेग्मीले विहिबार विहान फोन गरेर अनुजालाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय आउन भनेका थिए । तर अनुजाले पछि फोन गरेर आज आउन सकिन शुक्रबार आउँछु भनेकी छन् । प्रहरीले बोलाउँदा पनि नआएको खबर पाएपछि प्रजिअ थपलियाले हिजो साँझ आफैले अनुजालाई फोन गरेका थिए । हेर नानी तिमीले साँचो बोलेको हो भने त धेरै महान काम गर् यौ त्यसको सम्मान पनि पाउनु पर्छ तर झूट बोलकी रहेछौ भने फँस्छौ है । उनले अनुजालाई भने र तर जवाफमा अनुजाले आफूले साँचो नै बोलेको दावी गरेको थपलियाले बताएका छन् ।
यो घटनालाइ शंका गर्न सकिने आधारहरु :
  • कोहि ब्यक्ति ९१ लाख बोकेर बसमा  हिड्नु र बसमा छोड्नु नै आश्चर्यजनक छ ।
  • त्यत्रो पैसा हराउदा पनि पुरुषोत्तमले किन खवर गरेनन् त प्रहरिलाई ?
  • उक्त पैसा आइएमई बाट निकालिएको बताइएको छ , तर आइएमई  ले ऊक्त दिन त्यत्रो कारोवार नभएको दावि गरेको छ ।
  • अनुजाले फोन नम्वर डिलिट गर्नु ।
  • उनले आफ्ना बाबु-आमालाई खवर नगर्नु ।
  • पुष्टि नभइकन राष्टपतिले अनुजालाई फोन गर्नुले राष्टपतिलाई पनि यस घटनाको हिस्सेदार बनाउछ । इमान्दारिता प्रदर्शनका खवर पत्रपत्रिकामा वारम्वार आइरहेकै छन् । तर पनि खवरकै भरमा अनुजाले मात्रै बधाई पाईन् ।
  • संचारमाध्यमै पिच्छे फरक बयान दिनु ।

यस घटनाको पुष्टिका लागि पुरुषोत्तम अनुजाको सम्पर्कमा आउन आवश्यक छ र अनुजामाथिको भ्रम हटाउन पनि , अर्कोतिर अनुजाको यो ईमानदारिता हो या छल प्रहरिले चाँडै पुष्टि गर्नुपर्छ । अनुजाबाट भएको कमिकमजोरिले उनलाई शंकाबाट बाहिर ल्याउने सम्भावना कमै छ । अर्को तर्फ यस घटनामा राष्ट्रपतिको कार्यकारि बन्ने मनोबिज्ञान पनि दर्शाउछ । यदि होईन भने सरकारबाट पुष्टि गराएर मात्रै नेपाल सरकारकै तर्फबाट बधाई दिएको भए अझै उत्तम हुन्थ्यो नि होइन र ? आफुलाइ नेपालको नम्वर एक राष्टिय दैनिक दावि गर्ने र आफ्ना प्रत्येक समाचार निष्पक्ष र विश्वसनिय भएको ध्वाँस दिने प्रतष्ठित मानिएको संचार माध्यम यति सजिलै कसैको लोकप्रिय हुने प्रोपोगाण्डामा सामेल हुनुले नेपालि पत्रकारिताको स्तर पनि प्रमाणित गर्दछ ।
अरु त अरु आफुलाईपहिलो दर्जाको सक्रिय नागरिक भनाउदाले पनि विचारै नगरि कान्तिपुर भन्ने दैनिकको समाचार प्रतिनै विश्वस्त हुनुले नेपालि कथित बुद्धिजिविमा रहेको दास मनोविज्ञान  राम्रै संग झल्किएको छ ।

थप अरु....