प्रतिकृया
मनोरन्जन यात्रा
छुट्यो अन्जु र मनोजको जोडि
१८ चैत्र, काठमाडौ । गायिका अञ्जु पन्त र उनका संगीतकार श्रीमान मनोजराजवीच सम्बन्ध बिग्रिएका खबर निकै पहिलेदेखि सुनिदै आएका हुन् । कहिले मनोजले अञ्जुलाई कुटेको त कहिले अञ्जुले दारु खाएर मनोजसँग झगडा गरेका खबरले संचारमाध्यम तातिरहे को धेरै समय भएको थियो । तर, उनीहरुबिच लामोसमयदेखि चल्दै आएको जुहारि अब सम्बन्धबिच्छेदमै पुग्ने भएको छ । करिव एक महिनाअघि झगडा भएपछि मनोजले अञ्जुलाई मरणासन्न हुने गरि पिटे । त्यसपछि माइत गएकी अञ्जु अहिलेसम्म घर फर्किएकी छैनन् । मनोजराजका अनुसार अञ्जुले मनोजको फोन उठाउँदिनन् भने एसएमएसको पनि जवाफ पनि गरेकी छैनन् । मनोजले आफ्नो चरित्रका बारेमा अनाबश्यक शंका गर्ने गरेको र त्यसले सधै घरझगडा भई सँगै बस्न नसक्ने अबस्था सिर्जना भएकाले सम्बन्ध बिच्छेद गर्नुपरेको अञ्जुले आफ्ना निकटवर्तीहरुलाई बताउने गरेकी छन् । जसले गर्दा मनोज र अञ्जुकी ९ बर्षिया छोरीको भबिष्यसमेत अन्यौलमा परेको छ । मनोजले भने आफुले अञ्जुलाई अति नै माया गर्ने कारण हरपल सँगै रहोस भन्ने चाहाना राखेको तर त्यसले अञ्जुको ब्यक्तिगत जीवनमा डिष्टर्व भएकाले झगडा हुने गरेको बताउँछन् । कुनैबेला करिअर बनाउन संर्घष गरिरहेका दुवै संगीतकर्मीले मन मिलेर बिबाह गरेका थिए । तर, पछिल्लो सयममा अञ्जुको लोकपि्रयता ह्वात्तै बढ्यो, मनोजको सांगीतिक करिअर सपि्रन सकेन् । ब्यस्ततामात्रै हैन अञ्जुको बिदेश घुमफिर र आम्दानी पनि राम्रै हुन थाल्यो । जसले गर्दा मनोज अञ्जुको खर्चमा हिड्न बाध्य भए । यही कारणले पनि मनोज पछिल्लो दिनमा डिप्रेस्ड देखिने गरेको उनका साथीहरु बताउँछन् । भूमिका श्रीमान श्रीमति भएपनि मन दुई किनारा पुगेपछि अन्ततः दुवैले सम्बन्धबिच्छेदको बाटोलाई रोजेको बताइएको छ । मनोज भन्छन-’उनको खुसीका लागि म जे पनि गर्न तयार छु, डिभोर्स पनि ।
Subscribe to:
Posts (Atom)