कौतुहल भइ गमीरहन्छन्,शुरू कस्ले गर्लाभनि ।।
लजालु स्वभाब केटीमा,तम्सीन्छ उहि पुरूषनै
उघार्न खॊज्छ घुम्ती,डराउँछ अरूबस्त्र सर्लाभनि ।।
...
नयन जुधे आपसमा ,मन्दमुस्कान साटफेरपनि
दुबैजना शंकित छन् ,कस्ले अंगालॊमा भर्लाभनि ।।
मुटु धड्कीन्छ तेजले, परस्पर हातहरूकै स्पर्षमा
प्रतिक्षामा छन् दुबैजना, खुशी कस्ले छर्लाभनि ।।
****************
काम सकि कति चाँडै, नित्य कर्म थाल्यौ आहा !
सुकोमल कदमहरु, बेडरुमतिर चाल्यौ आहा !
चन्चल यो मनभित्र काउकुति लागिरन्छ
सारा तानाब कम गर्न, मिठो जोस पाल्यौ आहा !
कहिले म अघि हुन्छु कहिले तिमि अघि
नयन दुबै झिम्काएर, बिन्तिपत्र हालयौ आहा !
कोठा पनि सुहागरातजस्तै पारि सजाएकि
रात पुरै रङ्ग्याउन, सारा दिप बाल्यौ आहा !
सारा सन्सार बिर्सिएकि मेरो हात समाएर
लगलग शरिर कमाउदै आफ्नै काखमा ढाल्यौ आहा !
बेहोसि भइ चल्न थालेँ,जताततै नाच्न थालेँ
एक एक गरि बश्त्रहरु शरिरबाट फाल्यौ आहा !
बश्त्रहरु शरिरबाट फाल्यौ आहा !...................
****************
लजाइ लजाइ मेरै छेऊमा आकि थ्यैा सम्झ त
चुप्प चुप्प गालामा खाकि थ्यैा सम्झ त
तिमिलाई उसै गरि कुरिराथे म पनि
बदलामा ओठ मिठो पाकि थ्यैा सम्झ त
कहिले हेर्थ्यैा आफ्नै छाति फेरि लजाउथ्यैा
मन्द मन्द नशामा हराकिथ्यैा सम्झ त,,,,
चिसो सन्ध्या मा मधु्र मधुर दिप थियो
तात्तिएर असिन पसिन भाकि थ्यैा सम्झ त,,,,,
सम्हालेर आफु लाइ तन मन हेर्दै अनि गालि गर्दै
भोलि आउने बाचा गर्दै गाकि थ्यैा संझ त
*******************
तिम्रो दिलमा मात्र फूल्छु,अनी त्यही फल्न सक्छु ।
सर्बस्व नै तिमी मेरो,तिमी बिना ढल्न सक्छु ।
तिम्रो लक्ष्य जता जाने ,त्यतै यात्रा मोडिदिन्छु
आँट देउ दुनियाँको ,बाधाहरु तोडिदिन्छु ।
अनुमती जस्तो दिन्छौ ,त्यसै गरी चल्न सक्छु।
सर्बस्व नै तिमी मेरो,तिमी बिना ढल्न सक्छु ।
देख्न पाए सँधै खुशी ,तिम्रो मन्को मझेरीमा
लड्न सक्छु चुनौतिमा ,जस्तो सुकै अँधेरीमा ।
तिमी तेल बनिदिनु ,म दियो झैँ बल्न सक्छु
सर्बस्व नै तिमी मेरो,तिमी बिना ढल्न सक्छु ।
तिम्रो दिलमा मात्र फूल्छु,अनी त्यही फल्न सक्छु ।
सर्बस्व नै तिमी मेरो,तिमी बिना ढल्न सक्छु ।
***************
मरेपछि विलीन हुने जिन्दगी त्येही माटो रैछ
आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ !
जति चोट पाएपनि उसकै याद प्यारो लाग्ने
कलेजिमा त्यै चोटको नमेटिने टाटो रैछ!
आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ !!
तड्पीतड्पी रात कटे उसको अत्तोपत्तो छैन
थाहा पायें बल्ल आज, सम्बन्धमा फाटो रैछ !
आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ !!
ओठबीच तृणा च्यापी अंगालोमा कस्थे सधैं
माया गर्न जानिन कि, कस्तो त्यहा राँटो रैछ !
आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ !!
मरेपछि विलीन हुने जिन्दगी त्येही माटो रैछ !
आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ !!

*****
चिहान सरि भए आज प्रिति फुल्ने बागहरु
टुक्रिएको हृदयमा लाग्या घाउका दागहरु
ज्यानै दिन्छु तिम्रा लागि भन्नु मेरो भुलै रैछ
रैछन आखिर तिम्रा मनमा डस्ने कालि नागहरु.............।