राजनीतिक आवरणमा हुने गरेका विभिन्न आपराधीक घटनामा नेकपा एमालेका नेता तथा आफूलाई बडो अपराधीको खिलाफी भनेर चिनाउने तथा पार्टीलाई नै आफ्नो पेवा ठान्नुका साथै आफ्नै निर्देशनमा पार्टी चल्नुपर्छ भन्ने मनोविज्ञानधारी केपी शर्मा ओलीको संरक्षकत्व अधिकतम देखिएको छ । माओवादीलाई हतियार भएकै भरमा आपराधीक समूहको संज्ञा दिने ओलीले आफ्नो संरक्षकत्वमा राजधानीमा तथा राजधानीबाहिर गुण्डागर्दी प्रवृत्तिलाई बढावा दिएको खुलासा यसअघि नै भैसकेको छ । पत्रकार कुट्ने कार्यकर्ता अथवा मान्छे मार्ने, चाहे ठेक्का पट्टाको काममा कमिशन खाएर बाँच्ने नै किन नहोस् सबै ओलीका उत्पादन हुन भन्दा फरक नपर्ला । बाहिर देख्दा सामाजिक अपराधीका कटुविरोधी देखिएपनि उनले यसरी अपराधीक गतिविधिका घटनामा आफ्ना कार्यकर्तालाई राम्रैसंग उन्मुक्ति दिन सफल भएका छन्,यतिसम्म की प्रहरीचौकी पुगेका गुण्डालाई समेत छुटाईसकेका छन् भने पत्रकार कुट्नेलाई फरार बनाएका छन् ।
पहिलो र मुख्य प्रसंग जोडौँ ‘डनको’ कहानीबाट २०६८ बैशाख १३ गते व्यवसायीलाई धम्की दिएर गुन्डागर्दी गर्दै हिँडेका दिनेश अधिकारी चरी सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो । धादिङमा १७ करोड रुपैयाँ बराबरको टेन्डर मिलाएर फर्किने क्रममा प्रहरीले थानकोटबाट तरबार, खुकुरी, २ गाडी सहित उनीहरूलाई पक्राउ गरेको थियो । धादिङको खहरे घर भएका चरी एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष रहेको बताइएको थियो । आपराधीक पृष्ठभूमी भएका चरि गोलीकाण्ड, फिरौती र लुटपाटलगायतमा संलग्न रहेका थिए । उनले काठमाडौं परिसरमा एसपी रमेश खरेल हुँदा आत्मसमर्पण गरेका थिए भने विभिन्न अभियोगमा ७ महिना जेल बसेर छुटेका थिए । १३ गते प्रहरीले पक्राउ गरे लगत्तै सोधपुछ गरियो र उतिबेला प्रहरि प्रमुख रहेका पुष्कर कार्कीले उसलाई अब जेलसजाय हुनेसमेत बताए तर विडम्वना पक्राउ परेको केहि घन्टामै चरीको रिहाईका लागि दवाब बढ्दै गयो नेकपा एमालेको ओली पक्षधरको । चरीलाई रिहा गर्न ओली पक्षधर एमाले नेता राजेन्द्र पाण्डे आफैं काठमाडौं परिसर पुगे । थप दवाब ओली आफैले पनि आफू समर्थित युथफोर्सको माध्यमबाट बढाएका थिए । यति भएपछि प्रहरीलाई सहिसक्नु नै भएन बरु कचकच सुन्नुभन्दा खुरुक्क छोड्नु नै ठिक लाग्यो प्रहरीलाई र छोडिदियो 'डनबाबु' चरीलाई ५ हजारको धरौटीमा । १७ करोडको चेक बोकेका चरिलाई के ठुलो कुरो भो’र ५ हजार बुझाउनु ? बुझाए र ऊड्यो चरि भुर्भुररर ...... बैशाख २२ गतेका दिन बल्खु दरबारतिर....
यो प्रसङ्ग अब त निकै पुरानो नै भइसक्यो तर डनप्रसङ्ग यो मानेमा उठाएका हौँ की बैशाख २२ गते चरि ऊडेपछि जेठ २२ गते ओलीसमर्थित गुण्डा कार्यकर्ताले समाचार लेखेकै विषयलाई लिएर नागरीक दैनिकका विराटनगर सम्वाददाता खिलानाथ ढकाललाई नाकै भाँचिने गरी कुटे त्यसपछि हामीलाई अझै सहज भयो की ओलीले गुण्डाको संयोजकत्व गरेका छन् भन्ने कुरालाई पुष्टि गर्न । यसर्थमा यो प्रसङ्ग आएको हो अब कुरा गरौँ ओलीद्दारा भएको पत्रकार कुटपिटको .....
घटना हो जेठ २२ गते रातिको । राति पत्रकार ढकालको मोबाईलमा फोन आऊछ र बोलाईन्छ सानो काम छ भन्दै । पटक पटक फोन आएपछि विराटनगरको ट्राफिकचोकमा पुग्छन् ढकाल । त्यहाँ पुगेपछि अपहरण शैलीमा जिल्ला शिक्षा कार्यलय नजिक पुर्याएर साथमा रहेको मोवाइल समेत खोसेर कुटपिट गरिन्छ । कुटपिट हुँदै गर्दा ढकाल भाग्छन् र आफ्नो ज्यान बचाऊँछन् । कारण हुन्छ समाचार लेखेको उनले आफ्नो नागरिक पत्रिकामा तीन वर्षअघि जिविस मोरङको टेण्डर विवादमा छुरा प्रहारबाट मृत्यु भएका करणसिंह यादवको हत्याका आरोपी अभिषेक गिरीलाई गत बुधवार प्रहरीले जिल्ला अदालत मोरङमा पेसीका लागि ल्याउँदा यूवा संघ र यूथ फोर्स कार्यकर्ताले अदालत परिसरमै गाडीभित्रै आक्रमण गरी घाइते वनाएका थिए । यही समचार लेखेका थिए उनले । उक्त घटनाको समाचार किन लेखेको र युथफोर्स संयोजक परशुराम बस्नेतको नाम किन उल्लेख गरेको भन्दै ढकालमाथि आक्रमण भएको हो । पत्रकार ढकाललाई कुट्नेहरुमा निर्देशक थिए युथफोर्स संयोजक परशुराम बस्नेत भने पात्र थिए युवा संघ नगर संयोजक रोहित कोइराला कुटपिट संयोजकका रुपमा भने हतियारका रुपमा मनोज राई । यसरी विभिन्न योजना मुताविक पत्रकारमाथि आक्रमण भयो । त्यसपछि प्रहरीले रोहित कोइरालालाई रातिनै पक्रियो भने राई फरार भए ओलीका गुण्डा परशूराम हिरोको अत्तोपत्तो प्रहरीलाई नै कसरी होस् ?
ऊ भागेपछि कारवाहीका लागि चौतर्फी दवाब बढ्दै गयो र ओलीको पनि टाउको खाईयो । ओलीले आफ्ना गुण्डालाई आक्रमण भएको दुई दिन पश्चात २४ गते राति आफ्नो नीजि सवारी साधन पठाएर आफ्नो निवास भक्तपुरको बालकोटमा बोलाए र आफ्नै संरक्षकत्वमा राखे या भनौ बचाएनै । प्रहरी ऊच्च स्रोतले यसको खुलासा गरेको भएपनि राजनीतिक संरक्षणका कारण चाँडै पक्राउ गर्ने आफ्नो वाचा पुरा गर्न असहज भएको बताएको छ भने यता पार्टीले पनि ऊ नियमित सम्पर्कमा नरहेको बताएको छ । तर ऊ ओलीसंगै दुई दिन बिताएको रहस्यमा प्रहरी आफै अन्जान भने छैन ।
अब कुरा गरौँ ओलीको भारत भ्रमणको, जटिल राजनीतिक अवस्था भयो भन्दै आशिर्वाद माग्न बेलाबखत खुसुक्क भारत भ्रमणमा जाने गरेका ओली यसपाली उपचारार्थ भन्दै भारत छिरेका छन् तर यो भ्रमणको सिधा सम्पर्क पत्रकार खिलानाथ ढकालसंग छ । दुई दिन ओली निवास बसेको आक्रमणकारी बस्नेतलाई कारवाही हुने माग सर्वत्र गुञ्जन थाल्यो र ओलीले धैरै दिन आफ्नो साथ राख्दा डर हुने आसङ्कामा बस्नेतलाई लगेर भारत गएको बताईएको छ । आक्रमणकारी असुरक्षित हुने डरले स्वास्थ्य ऊपचारको निहुँमा भारत पुगेका ओली चाँडै सुरक्षित बनाएर फर्कने छन् किनकी भारत नेपालका आपराधीक व्यक्तिका लागि सुरक्षित ठाँऊ हो ।
जनताको प्रश्न त यो छ ओलीको वास्तविकता के हो र उनलाई गुण्डाराजको संज्ञा दिन मिल्छ कि मिल्दैन त ? मिल्दैन भने ओली को हो त ...? गुण्डाको नेता वा गुण्डानेता ..............?
ओली मात्रै होईन काठमाडौका डनहरुलाई यसरी बचाएका छन् यी विभिन्न नेताहरुले...................यो हेर्नुहोस् थप जानकारीका लागि मात्रै ।

myagdeligovinda@gmail.com