कोहि व्यक्ती मन्त्री बन्न त्यति सजिलो छैन राजनितिक जिवनमा त्यो पनि नेपालको परिवेशमा के हामि सजिलै भन्न सक्छौँ राजनिति शुरु गरेको ३ बर्ष मा नै मन्त्रि पद पड्काउन सकिन्छ त ? नेपालि राजनिति ईतिहासमा एउटा नयाँ राजनितिज्ञले एकाएक ऊचाई पाए राजनितिक जिवन शुरु गरेको छोटो समयमा नै अर्थराज्यमन्त्रिजस्तो पद हत्याउन सफल भए ।
लामो समयको अन्योलपछि नेपालमा नयाँ सरकारले पाईला टेक्यो । त्यसको नेतृत्व बिभिन्न सहमति-सम्झौतासहित पाए एमाले अध्यक्ष झलानाथ खनालले, उनको सफलता पनि यसैमा थीयो , तर दुर्भाग्य पहिलोपटको मन्त्रिमण्डल गठनमै असफल हुन पुगे, जसलाई खनालको पहिलो गासमै ढुङगा लागेको बिष्लेषण गरियो । सात वुँदे सहमतिको यत्रतत्र विरोध त छदै थियो पटक पटक गरि मन्त्रिमण्डललाई निरन्तरता दिन खोजे तर फुटेको कर्म खनालको असफलनै भए यसरि तेस्रो पटकसम्म मन्त्रिमण्डल विस्तार गर्दा उनले यस्तो ईतिहास रच्न पुगे कि एउटा परिचयविहिन व्यक्ति अथवा ३ वटा देशको परिचय बोकेका व्यक्ति ल्यार्क्याल लामालाई अर्थराज्यमन्त्रि बनाउन पुगे र उनलाइ एकाएक उचाईमा पुर्याउन खोजे , यसको राज के हो त ? यो घटनालाई नियाल्दा यसले सरासर प्रधानमन्त्रिले नियतवस उनलाई मन्त्रि नियुक्त गरेका छन् र उनको स्वच्छताको कसिमा प्रश्न उठेको छ । यदि त्यसो होईन भने मन्त्रि नियुक्त गर्ने मापदण्ड के त ? सरकारको नियतमाथि पनि प्रश्न उठ्दैन त ? तिनदेशको नागरिकलाई किन बनाईयो त मन्त्रि ? तर अरु पनि त थिए नि मन्त्रि बन्न लायक र विवादरहित व्यक्ति किन खनालको मोह ल्यार्क्याल प्रति नै गयो त यसको जवाफ गहिराईसम्म पुग्दा मात्र थाहा हुन्छ ।महाधिवेसनमा टाउका गनेर आफ्नो पक्षमा कति भोट आउछ भनेर आँकलन समेत गर्न भ्याउने खनाललाइ लामाको पृष्ठभूमि थाहा छैन भनेर मान्न कोहि तयार छैन । खनाल एक्कासि प्रधानमन्त्रि भएर होसहवास गुमाएकै भएपनि उनको श्रीमति सहितको किचन क्याविनेटलाइ पनि गुमराहमा पारियो भनेर कसरि विश्वास गर्ने ? खाटि कुरा चाँहि के हो भने, खनालले होसहवासमा, सवै कुराको जानकार हुदाँहुदैँ लामालाई मन्त्रि मा नियुक्त गरेका हुन् ।
तर एउटा ठुलै पार्टिका अध्यक्ष देशकै प्रधानमन्त्रिलाइ ल्यार्क्याल लामा प्रति यत्रो मोह किन ?
कस्ता व्यक्ति छाने त खनालले ?
१ एक अमेरिकि महिलाको ५० हजार डलर लुटेका
२ सरकारि लेटरप्याड दुरुपयोग गरेका
३ गुम्वा व्यवस्थापन समितिको अध्यक्ष हुदाँ प्रशस्त आर्थिक लाभ लिएका
४ तिन देशका परिचयपत्र बोकेका ।
२ सरकारि लेटरप्याड दुरुपयोग गरेका
३ गुम्वा व्यवस्थापन समितिको अध्यक्ष हुदाँ प्रशस्त आर्थिक लाभ लिएका
४ तिन देशका परिचयपत्र बोकेका ।
उनि नेपालि नागरिक पनि हुन् या होईनन् त्यो पनि प्रश्ट छैन सिन्धुपाल्चोक बाट नेपालि नागरिकता लिएको देखीए पनि ल्यारक्याल लामा नामको नागरिकता लिएको रेकर्ड छैन जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक संग । लामाले देशलाइ पटकपटक नाम ढाँटेर विभिन्न कागजात बनाएको र देश लुटेको खुलासा भएसकेको छ । नाबालक नाम दर्ता उनको नाम लाकेल शेर्पा छ । नेपाली नागरिकतामा ल्हारक्याल लामा, नेपाली राहदानीमा मिस्टर वाङचुक रिम्पोछे, भारतीय राहदानीमा खेम्पो छिमे छिरिङ र तिब्बती शरणार्थी परिचयपत्रमा लामा छिमे छिरिङ नाम रहेको छ तर पनि यो आधिकारिक नभएको पनि प्रश्ट छ ।
तिब्बती शरणार्थी र चिनियाँ दूतावास दुवैसँग निकट रही शंकास्पद रूपमा खबर आदानप्रदान गर्दै आएको सुरक्षा निकायको एक गोप्य अनुसन्धानबाट पनि खुलस्त भएको छ । यतिधेरै कुरा बाहिर आएसके लामाका तर कम्तिमा एउटा कुरा त झलानाथलाई थाहा हुनैपर्छ थाहा हुदाहुदै मन्त्रि बनाएका हुन् झलानाथले ल्यारक्याललाई यसमा कसैको दोमत हुन सक्दैन । यसबाट के प्रश्ट हुन्छ कि मन्त्रि पद लामाले किनेकै हुन् झलानाथ संग , के किन्न मिल्छ त विदेशि नागरिकले नेपालको मन्त्रिपद ? झलानाथले ल्यार्क्यालको 'खोका'सजिलै स्विकार गर्नु पनि कम रहस्यपुर्ण भने छैन । किनभने नेपालि व्यापारिले पनि दुई चार करोड आफ्नो काम फत्ते गर्न फाल्ने गरेका उदाहरण त वर्तमान अर्थमन्त्रि भरतमोहन नै छन् ।
संचारमाध्यमको खबारदारिका कारण लामा बाध्य भए नैतिकताका आधारमा राजिनामा दिन, तर पनि परिचय नै विवादित बनेका लामाले ११ दिन भए पनि सत्ताश्वाद चाख्न पाए उनका लागि यो नै गौरवको विषय बन्यो ।
र अर्को कुरा पार्टिले पनि लामाका विषयमा प्रश्न उठाएको छ पार्टिका प्रभावशालि नेता के.पि ओलिले त लामालाइ स्वयम्भु जस्तो फुत्त प्रकट भएको भनेका छन् ।स्यवम्भु प्रकट भएको जस्तो गरी फुत्त प्रकट भएका लामालाई कुन शक्तिको कारणखनालले राज्यमन्त्री बनाए यो शंकाको विषय भएको र आफुले सभासद भएपछि मात्र लामालाई चिनेको प्रसंग कोट्याउदै नेता ओलीले सभासद बनाउने बेलामा समेत उनको नाममा विवाद भएको खुलासा पनि गरेका छन् । सभासद बनाउने बेलामा खनालले लामाको नाम जर्बजस्ती राखेको भएपनि किन लफडा गर्नु भनेरसहमती गराएको र अहिले त राज्यमन्त्री समेत बनाएको खुलासा पनि ओलि ले गरिसके अझै उनि पार्टीको बैठकले लामालाइ मन्त्री नबनाएको र खनाल आफैले कुनै शक्तिको आधारमा मन्त्रि बनाएकोमा पार्टिको पनि सहयोग नरहेको बताएका छन् ।
अब के हुनसक्छ त लामालाई ?
१. सरकारि अनुसन्धान हरु हुनसक्छ
२. किर्ते कागज प्रयोगको मुद्दा चल्न सक्छ
३. फौजदारि अभीयोग लाग्न सक्छ
४ .सभासद पद चट हुनसक्छ
५. पार्टिभित्र पनि कारबाहि हुनसक्छ तर खनालको संरक्षण नभएको अवस्थामा ।
यसरि परिचयविहिन मान्छेलाइ मन्त्रि बनाउदै देशलाइ पछाडिबाट छुरा हान्दै किन गर्दैछन् त षड्यन्त्र ? यसले अहिलेको सरकार पनि कसैको दलालि गर्दैछैन भनेर कसिर विश्वास गर्ने ? यदि यि कुरा होइनन् भने त अवैध काम गरेको पुष्टि भइसकेका लामालाई कारबाहि गर्न किन विलम्व ?
यसरि परिचयविहिन मान्छेलाइ मन्त्रि बनाउदै देशलाइ पछाडिबाट छुरा हान्दै किन गर्दैछन् त षड्यन्त्र ? यसले अहिलेको सरकार पनि कसैको दलालि गर्दैछैन भनेर कसिर विश्वास गर्ने ? यदि यि कुरा होइनन् भने त अवैध काम गरेको पुष्टि भइसकेका लामालाई कारबाहि गर्न किन विलम्व ?