प्रतिकृया

कसलाई थाहा छ ..........लादेन या भगवान ?


अमेरिकाले ओसामा बिन लादेनको मृत्यु भएको घोषणा गरेको छ तर पुष्टि नभएको बिष्लेशण यत्र तत्र आउन थालेका छन् । अमेरिकि राष्ट्रपति बाराक ओवामाको कार्यकाल सकिनै लाग्दा र पछिल्लो समय ओवामाको लोकपि्रयता घटिरहेका बेला आगामी बर्ष हुने चुनावलाई प्रभावित पार्न समाचार ल्याइएको पनि अनुमान गर्न थालिइएको छ । ओवामाले आफ्नो प्रत्यक्ष निर्देशनमा अमेरिकी सैनिकले पाकिस्तानको एटबदाबादमा लादेनलाई मारिएको भनेका छन् ।
र यसलाई आफ्नो सवैभन्दा ठुलो सफलताको रुपमा जोडेका छन् साथै आतंकवादिहरुलाई तहसनहस पार्न आफुले सकेको पनि बताएका छन । तर के  लादेन साच्चिकै मारिएका हुन् त ? गम्भिर प्रश्न ऊठाउन थालेका छन् बिष्लेशकहरुले उनको यदि लादेन साच्चिकै मारिएका हुन् भने ऊनको शवलाई अमेरिकामा घुमाईन्थ्यो होला टाउकोको मोल समेत तोकिएका लादेनको शवलाई किन देख्न पाईएन त ? यसले लादेन मारिएकै हुन भन्ने प्रति शंका ऊत्पन्न गरेको छ ।
 मुत्युको खुसियालि अमेरिकामा फैलिदै गर्दा केहिले त्यो आश  गरेका थिए कि लादेनको शव देख्न पाईयोस । तर यो ईच्छा अमेरिकि राष्ट्रपाति ओबामाले ईच्छामा मात्र सिमित बनाईदिए त्यति बेला जुनबेला उनले लादेनको अन्त्येष्टि भएको समेत घोषणा गरे त्यो पनि मुस्लिम परम्परा अनुसार र अहिले अमेरिकामानै यो प्रश्न उब्जिएको छ कि लादेनको अन्त्येष्टिमा हतारो किन त  ? बिभिन्न समयमा बिभिन्न व्यक्तिको हत्या,मुत्यदण्ड को घटना संचारमाध्यममा ल्याइ सफलता प्रशतुत गर्ने अमेरिका लादेनको शव देखाउन किन पछि हट्यो त प्रशन गम्भिर बन्दै गएको छ ।
अर्को रहस्यको कुरा  आतंकबादी नै भएपनि अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा रहेको लादेनको शवलाई उनका परिवारजनको जिम्मा लगाउनुपर्दथ्यो के त्यतिबेला उनिहरुलाई थाहा भएन होलार ? यदि यो सम्भव थिएन भने उनको तस्विर त सारवजनिक गर्न सकिन्थ्यो नि समाचार स्रोतका अनुसार लादेन मारिएको ह्वाइट हाउसमा हेरिएको थियो । यदि त्यसो भए खोई त क हेरेका थीए हामिलाई पनि त देखाउन मिल्थ्यो होलानि । फेरि अर्को पनि रहस्य लुकेको छ कुरो क भने ओवामाले पाकिस्तानको सहयोग रहेको र सहयोगको लागि पाकिस्तान लाई पनि धन्यबाद दिईसकेका छन् तर पाकिस्तानले ऊक्त कारवाहिमा आफ्नो संलगनता नभएको प्रश्टाएको छ ।
यो घटनालाई शंका गर्ने आधारहरु  ;
  1. बिभिन्न संचारमाध्यमबाट प्रसारण  भएरहेको लादेनको फोटोनै नक्कलि भएको पुष्टि हुनु ।
(पाकिस्तानी टेलिभिजमा प्रसारित उक्त फोटो नै नक्कली भएको गार्जियनडटकोडटयुकेले जनाएको छ ।  मृत भनिएको लादेनको उक्त तस्बिर लामो समयदेखी इन्टरनेटमा रहेको खुलासा पनि भएको छ । क्षतविक्षत अनुहारमा आधा खुलेको आँखा र घुमि्रएको कपालसहितको उक्त तस्बिर यसअघि बिभिन्न वेबसाइटले सार्वजनिक गरेको खुल्न आएको छ )
  1. लादेनलाई मारिएको भनि ओवामाले घोषणा गरे तर कसरि मारिएको उनको भाषणमा बताईएको छैन । जवकि ओवामाले ह्वाईट हाउसमा अपरेशनको लाईभ हेरिएको  भनि समाचार आएका छन्  ।
  2.  अमेरिकि सेनाले लादेनको अड्डामा पुगेर मारिएको र आफ्ना सेनाका सबै सकुशल रहेको साथै कोहिपनि हताहत नभएको बताएको छ तर के लादेन त्यति कमजोर अवस्थामा बसेका थिए त  ? यसबाट पनि अमेरिकि प्रचारलाई प्रचारमात्रै भन्न सहज भएको छ । त्यसरि शक्तिराष्ट्र  अमेरिकालाई नै तारो बनाएका लादेन त्यति सजिलै मारिनु पनि रहस्यमय छ ।  जवकि उनको निवास तीन तला अग्लो छ । वरपरका घरहरुभन्दा यो आठ गुणा अग्लो मानिएको छ जसमा पर्खाल र काँडेतार लगाईएको छ ।  त्यहाँ दुईवटा सुरक्षा गेट समेत छन् । के त्यत्रो घरमा उनका गार्ड र उनिभन्दा अरु थिएनन् होल र ?
  3. अमेरिकालाई किन हतारो भयो त लादेनको अन्त्येष्टि गर्न ? के  यसरि अन द स्पट मारि त्यहि अन्त्यष्टि गर्नुपर्ने यूद्द नियम छ त अमेरिकामा  ?
  4. अमेरिकाले बयान फेरेको छ । ( पहिले लादेन हतियार सहित भएको र प्रतिकार पनि गरेको र आफ्नी श्रीमतिलाई ढालको रुपमा समेत प्रयोग गरेको बताईएको थियो भने फेरि पछि ह्वाइट हाउसले बयानलाई फेरेको छ र भनेको छ लादेन निहत्था थिए र  उनिसंग हतियार नभएको कारण मार्न सकिएको हो ।
  5. यदि लादेन निहत्था थिए भने, चिन,म्यानमारमा मानवअधीकार भएन भन्दै आफ्नो सिको गर्ने दुहाइ दिने कस्तो यो अमेरिकि मानबअधिकार जसले निहत्था ब्यक्तिलाई पक्रनुको सट्टट गोलि हान्छ र मार्छ ।
  6. यदि लादेन मारिएकै हुन् र ति तस्विर तथा भिडियो हरु सार्वजनिक गर्न अमेरिका आनाकानि गरेको हो भने अमेरिकाले अन्तराष्ट्रिय मापदण्ड बिपरित अप्रेशन गरेको हुनुपर्छ ।
  यस घटनालाई सत्य मान्न सकिने आधारहरु :
  1. तालिवानले अमेरिकामा हमला गर्ने धम्कि दिनु र लादेनका समर्थकहरु विरोधमा ऊत्रनु ।
  2. अमेरिकाले झुट बोल्दैन भन्ने ठान्नु ।
  3. त्यो मिसनमा ओवामा समेत सामेल हुनुले पनि  विश्वास बढाउछ  ।
अमेरिकाले झुट बोल्नुपर्ने कारण
सोभीयत संघको अन्त्यसंगै विश्वमा एकछत्र राज गर्दै आइरहेको अमेरिकि साम्रराज्यवाद अहिले ठुलो संकटको सामना गरिरहेको छ । अतिपूँजिवादमा आधारित उसको अर्थतन्त्रले गएका वर्षहरुमा महत्वपुर्ण धक्का बेहोरेपछि तिलमिलाएको अमेरिकि प्रशासनलाई आफ्नो दबदबा कायम राख्न केहि गर्नै पर्ने बाध्यता थियो । ईराकको आंशिक सफलता यसै पर्याप्त थिएन भने , अफगानिस्तानमा हुने हारले महाशक्तिको दाविलाई गिज्जाईरहेको थियो । होईन भने एउटा सैनिक अप्रेशनमा राष्ट्रपतिनै सामेल किन हुनुपर्थ्यो र ? लादेन त अमेरिकाका लागि एउटा सांकेतिक अवरोध मात्र थिए कम्तिमा सन् २००५ पछि । बास्तविक अवरोधक त अमेरिकि डुब्दै गरेको अर्थतन्त्र हो किन भने विश्व व्यापि रुपमै चिन,भारत लगायतका देशहरुले चुनौति दिन थालेपछि अमेरिकि दादागिरि एउटा  कागजि ब्यागमा परिणत हुदै थियो । यसकारण पनि  अमेरिका एउटा यस्तो घटनाको पर्खाईमा थियो जसले मनोबैज्ञानिक जितको अनुभब गराउन सकोस यसको खुसिमा अमेरिका दिनरात खटिएको थीयो ।  के खोज्छस् कानो आँखो भनेजस्तै अवसर अमेरिकाले आफै बनायो या पायो शंकाको घेरामा नै छ ।
आजसम्म यति कुराहरु वाहिर आएका छन् । यदि लादेन नमारिएको भए अमेरिका विश्व ईतिहासमा कस्तो बन्न पुग्छ सायद कल्पानाभन्दा बाहिर , यस भन्दा अघी पनि लादेन मारिए भन्ने हल्ला भने नफैलिएको होईन तर केहिदिनपछि उनले अडियो टेप सार्वजनिक गरेका थिए । यदि जिवित छन् भने लादेन नया रुपमा पक्कै उदाउने छन् अमेरिकासंग  शसक्त मुकाविला गर्न ,  यदि मरेका रैछन भने पनि उनको नेतृत्वमा रहेको अलकायादा पनि घाईते बाघजसरि गर्जिने छ र उसंगै हात मिलाई रहेका तालिबान, हक्कानी नेटवर्क, लश्कर ए तैयबा साथै जैश ए मोहम्मद जस्ता  आतंकवादी संगठन पनि शसक्त बन्ने छन् र अमेरिकासंग  मुकाविला पक्कै गर्नेछन्  । पाकिस्तानको  ऐबटाबाद स्थित ओसामा बिन लादेनको निवासबाट अमेरिकि विषेश बलले  हार्ड ड्राइव, डीवीडी र सम्पुर्ण  दस्तावेज बरामद गरेको बताऐको छ यसले उनिहरुको भावि कार्ययोजनामा प्रभाव पार्न सक्छ तर लादेनले आफुजस्ता धेरै लादेन जन्माईसकेका छन् त्यसकारण पनि खासै अफ्ठ्यारो नहोला ।
अव यदि लादेन मरेका होईनन् भनेपनि अमेरिका साँचो बोल्नेवाला पटक्कै छैन त्यसकारण यो दोधारे घटना कसलाई थाहा छ  कि लादेन आफैलाई  कि त भगवानलाई..........................


थप अरु....