प्रतिकृया

कलेजमा प्रिन्सिपलबाटै बलात्कार !


शिक्षकहरुबाट छात्राहरु बलात्कृत हुने गरेको खबर समय समयमा नआउने गरेको भने पक्कै पनि होईन साँच्चिकै भन्ने हो भने छात्रा हरु बिद्यालय तथा कलेजमा असुरक्षित नै मान्न सकिन्छ विगतमा बाहिर आउने गरेका केहि घटनालाई हेर्दा पछिल्लो समय यस्ता घटना नभएका भने होइनन् तर बाहिर आएका थिएनन् तर यो हप्ता यस्तो घटना बाहिर आएको छ जहाँ प्रिन्सिपलबाट कलेजका सवै छात्रा हरु बलात्कृत भएका छ्न् ।
घटना हो सिटिइभिटि अन्तर्गत दर्ता भई ललितपुरमा संचालित प्राविधिक शिक्षा दिईने नेशनल मल्टिपल कलेजको । उक्त कलेजका प्रिन्सिपलबाट सोहि कलेजमा अध्ययनरत छात्राहरु यौन दुर्व्यवहारका शिकार हुने गरेको रहस्य खुलेको छ , २०५१ मा दर्ता भइ काठमाडौमा संचालित कलेजका जगदिश वैद्य नामका प्रिन्सिपलले आफुहरुलाई कार्यकक्षमा बोलाएर यौनदुर्ब्यबाहर गर्ने गरेको सोहि कलेजका बिद्यार्थिहरुले बाहिर ल्याएका छ्न , साथै प्रिन्सिपलका छोरा पवन बैद्यले पनि छात्राहरुलाई बिभिन्न मानसिक तनाव दिने गरेको उनिहरुले बताएका छन एकपटकत यतिसम्म पनि भएको रहे छ कि एक छात्राले आफ्नो मोबाईलमा अपशब्द प्रयोग गरी मेसेज पठाउने तथा फोन गरेर धम्कि दिने गरेकाले आत्मह्त्या को प्रयास पनी गरेकि रहेछिन यतिहुँदा पनि बाहिर नभन्ने धम्कि दिएकाले छात्रा हरु चुपचाप बसेको रहेछन् । ऊनले कलेजका सबै छात्रा संग यौनकृयाकलाप गरेको उनिहरुले बताएका छन् । पटक पटक उनले आफ्नो कार्यकक्षमा बोलाएर पाठ्यपुस्तकमा पढ्नुपर्ने चिज भएको भन्दै आस्लिल चलचित्र समेत देखाउने गरेको पनि ऊनिहरुको भनाई छ ।

ति छात्राहरुले अति भएपछि कलेजमा रहेको विद्यार्थि संगठन अखिल क्रान्तिकारिको सहयोगमा सो रहस्य बाहिर ल्याई कारबाहिका लागि सिटिईभिटिमा पुगेका थिए तर त्यँहा बाट केहि हुने ऊनिहरुले देखेका छैनन् उल्टै सिटिईभिटिले उनलाई ढाकछोप गर्न खोजेकाले सिटिईभिटिको पनि संलग्नता भएको हुनसक्ने उनिहरुले अनुमान गरेका छन् विद्यार्थिहरुले कारबाहिको माग गरि विहिवार सिटिईभिटि पुग्दा सिटिइभिटि का सदस्यसचिवलाई भेट्न खोज्दा उनले आफ्ना सहयोगि मार्फत आफु मिटिङमा रहेको सुचना दिन लगाएका थिए केहि समय कुरेपछि बिद्यार्थि उनको कार्यकक्षमा पुगेर हेर्दा उनि एक्लै रहेछन् अनी विद्यार्थिलाई थाहा भयो मिटिङको नाममा चिटिङ गर्दैछन् अत: यहि कुरालाई मात्र मुल्याङ्कन गर्दा प्रष्ट हुन्छ कि सिटिईभिटि पनि यो घटनालाई लुकाउन अग्रसर छ । उता यौनपिपाशु प्रिन्सिपल भने यसअघिनै काम गर्ने वातावरण नभएको भन्दै राजिनामा दिएर फरार भएका छन् साथमा उनका छोरा पनि फरार छन् तर सिटिईभीटिले भने उनी आफ्नो सम्पर्कमा रहेको बताएको छ । विद्यार्थिले उनलाई आफ्नो सम्पर्कमा आउन आग्रह गरेको र उनि दोषि भएकै कारण सम्पर्काम नआएको दावि गरेका छन् ।

यौनपिपाशु प्रिन्सिपल फरार भएपछि विद्यार्थि हरु झनै आक्रोशित भएका छन् उनिहरुले उसलाई हदैसम्मको कारवाहि हुनुपर्ने माग राख्दै विभिन्न निकाय र संघसस्थामामा धाईरहेका छन् भने पत्रकारहरुलाई पनि यो घटना संबन्धित निकायमा पुर्याउन आग्रह गरेका छन् । अर्कोतिर प्रहरि प्रशासन पनि यस विषयमा मौन रहेकाले विद्यार्थिहर अचम्मित छन् ।
यसरि आफ्ना विभिन्न सपना बोकेर कलेज पढ्न गएका विद्यार्थिहरु आफ्नै प्रिन्सिपलबाटै बलात्कृत हुन्छन भने हामि यो कलेजलाई कलेज भन्ने कि ‘कोठि’त कलेजको नाममा कोठि संचालन गर्ने यि विवाहित र आफ्ना छोराको समेत विवाह गर्ने समय भएका प्रिन्सिपललाई विद्यार्थिले भनेजस्तै हदैसम्मको कारवाहि त हुनैपर्छ साथै छात्राहरुमाथि मन लाग्दि एसएमएस गर्ने ( जुन हामिले उल्लेख गर्न सक्दैनौ ) ऊनका छोरा पवनलाई पनी छात्रा हरुले चाहेकै कारवाहि हुनुपर्छ । हुनत पहिलो पटकका लागि भनेर प्रिन्सिपललाई माफि पनि नदिइएको होइन तर उनले फेरि सो गल्ति दोहोर्याएका छ्न् यसर्थ उनि जुन कुनामा लुकेर बसेका भए पनि सरकार तथा सिटिइभिटिको सक्रियतामा खोजि हुनुपर्छ र कार्बाहि पनि !

थप अरु....