प्रतिकृया

निर शाहलाई भात खान ५०० रुपैया चाहियो


alt
 सम्मान पाउँदा खुसी हुने व्यक्ति को नहोलार ?  अझ अवार्ड पाउने थाहा पाएपछि त मानिसको भुँईमा खुट्टा नै हुन्न । अवार्ड भनेपछि प्राय सबैजना मरिहत्ते गरेपनि नेपालका परिचित अभिनेता तथा पछिल्लो समय माओवादि प्रबेश गरि चर्चा कमाएका निर शाहलाई भने अवार्डनै झण्झट भएकोछ ।
प्रसङग हो मंगलबार दशरथ रंगशालामा बितरणगरिएको बक्स अफिस फिल्म अवार्डको, बक्स अफिस साप्ताहिकले आयोजना गरेको उक्त अवार्ड समारोहमा अभिनेता शाहले चलचित्र 'हिफाजत' बाट चरित्र अभिनेताकोअवार्ड हात पारे । चलचित्र 'कहाँ भेटिएला' बाट हाँस्यकलाकारको अवार्ड पाउनेआश गरेका शाहले 'हिफाजत' बाट चरित्र अभिनेताको अवार्ड पाएपछि स्टेजबाट नैउनले भने, 'यो अवार्ड मैले हैन देशभक्त खनालले पाउनु पर्ने हो । मैले त 'कहाँ भेटिएला' बाट हाँस्यकलाकारको अवार्ड पाउनु पर्ने हो ।' निर शाहले यति मात्र के बोलेका थिएउपस्थित सबैजना दंग परे । अवार्ड नपाएपनि देशभक्त खनाल निर शाहको सो भनाईसुनेपछि केहि खुसी देखिए । कतिले त निर शाहले सो कुरा बोल्न नहुने धारणा समेत राखे ।तर निर शाहले त्यति मात्र बोलेको भए त ठिकै थियो नि !  अवार्ड पाएको करिब १५ मिनेट पछि निर शाहबाहिर निस्के । जब उनी दर्शकको माझमा पुगे अनि उनीहरूको माझमा नै बोले, 'योघाँडो लगेर के गर्नु बेकारको झण्झट ?  बरू पाँच सय दिएको भए भात खान त हुन्थ्यो ।' अबतपाईं नै भन्नुस् बिगत तीन दशक देखि चलचित्र क्षेत्रमा निरन्तर लागि परेका कलाकारले सम्मान पाउँदा सो सम्मानको यसरी अपमान गर्न हुन्छ त कि कसो त  ?

थप अरु....