राजनीतिक आवरणमा हुने गरेका विभिन्न आपराधीक घटनामा नेकपा एमालेका नेता तथा आफूलाई बडो अपराधीको खिलाफी भनेर चिनाउने तथा पार्टीलाई नै आफ्नो पेवा ठान्नुका साथै आफ्नै निर्देशनमा पार्टी चल्नुपर्छ भन्ने मनोविज्ञानधारी केपी शर्मा ओलीको संरक्षकत्व अधिकतम देखिएको छ । माओवादीलाई हतियार भएकै भरमा आपराधीक समूहको संज्ञा दिने ओलीले आफ्नो संरक्षकत्वमा राजधानीमा तथा राजधानीबाहिर गुण्डागर्दी प्रवृत्तिलाई बढावा दिएको खुलासा यसअघि नै भैसकेको छ । पत्रकार कुट्ने कार्यकर्ता अथवा मान्छे मार्ने, चाहे ठेक्का पट्टाको काममा कमिशन खाएर बाँच्ने नै किन नहोस् सबै ओलीका उत्पादन हुन भन्दा फरक नपर्ला । बाहिर देख्दा सामाजिक अपराधीका कटुविरोधी देखिएपनि उनले यसरी अपराधीक गतिविधिका घटनामा आफ्ना कार्यकर्तालाई राम्रैसंग उन्मुक्ति दिन सफल भएका छन्,यतिसम्म की प्रहरीचौकी पुगेका गुण्डालाई समेत छुटाईसकेका छन् भने पत्रकार कुट्नेलाई फरार बनाएका छन् ।
मेरो कलमि यात्रा
प्रतिकृया
पत्रकार पनि नक्कलि हुदा रहेछन् !
हुनत नेपालमा अहिले मिडियाको संख्या ह्वात्तै बढेको छ । अनगिन्ति मिडिया छन् सरकारि बिज्ञापनकै लागि भनेर खोलीएका पत्रिकादेखी लिएर ब्यक्तिगत प्रयोजनका लागि खोलिएका ब्लग सम्म । एउटा सानै कार्यक्रमकै आयोजना हुँदा पनि पत्रकारको ऊपस्थिती खचाखच हुने गर्दछ विशेष गरि राजधानिमा ्।
कलेजमा प्रिन्सिपलबाटै बलात्कार !

शिक्षकहरुबाट छात्राहरु बलात्कृत हुने गरेको खबर समय समयमा नआउने गरेको भने पक्कै पनि होईन साँच्चिकै भन्ने हो भने छात्रा हरु बिद्यालय तथा कलेजमा असुरक्षित नै मान्न सकिन्छ विगतमा बाहिर आउने गरेका केहि घटनालाई हेर्दा पछिल्लो समय यस्ता घटना नभएका भने होइनन् तर बाहिर आएका थिएनन् तर यो हप्ता यस्तो घटना बाहिर आएको छ जहाँ प्रिन्सिपलबाट कलेजका सवै छात्रा हरु बलात्कृत भएका छ्न् ।
कसलाई थाहा छ ..........लादेन या भगवान ?
अमेरिकाले ओसामा बिन लादेनको मृत्यु भएको घोषणा गरेको छ तर पुष्टि नभएको बिष्लेशण यत्र तत्र आउन थालेका छन् । अमेरिकि राष्ट्रपति बाराक ओवामाको कार्यकाल सकिनै लाग्दा र पछिल्लो समय ओवामाको लोकपि्रयता घटिरहेका बेला आगामी बर्ष हुने चुनावलाई प्रभावित पार्न समाचार ल्याइएको पनि अनुमान गर्न थालिइएको छ । ओवामाले आफ्नो प्रत्यक्ष निर्देशनमा अमेरिकी सैनिकले पाकिस्तानको एटबदाबादमा लादेनलाई मारिएको भनेका छन् ।
झलानाथले कति 'खोका' पड्काए त ?
कोहि व्यक्ती मन्त्री बन्न त्यति सजिलो छैन राजनितिक जिवनमा त्यो पनि नेपालको परिवेशमा के हामि सजिलै भन्न सक्छौँ राजनिति शुरु गरेको ३ बर्ष मा नै मन्त्रि पद पड्काउन सकिन्छ त ? नेपालि राजनिति ईतिहासमा एउटा नयाँ राजनितिज्ञले एकाएक ऊचाई पाए राजनितिक जिवन शुरु गरेको छोटो समयमा नै अर्थराज्यमन्त्रिजस्तो पद हत्याउन सफल भए ।
कसले भन्ने नेपालमा सर्वाधिक बिक्रि हुने राष्ट्रिय दैनिक ?
वैशाख ११ - अनुजा बानियाँले बसमा ९१ लाख रुपैयाँ र हीराको हार भेट्टाई पुरुषोत्तम पोखरेललाई फिर्ता दिएको समाचार कान्तिपुरमा बुधबार प्रकाशित भएको थियो । उक्त समाचार पैसा फिर्ता लिन पुरुषोत्तमसँगै गएको भनिएका निजकी छोरी सुधा, छोरा अनिल र मीतछोरी अनिता कार्की तथा अनुजा स्वयंको भनाइमा आधारित थियो । समाचार तयारीका क्रममा कान्तिपुरसँग सम्पर्कमा आएका यी पात्र नक्कली रूपमा खडा गराइएको खुल्न आएको छ । भोजपुर घर भई धरान बस्दै आएकी अनुजाले पैसा फिर्ता दिएको भनिएका पुरुषोत्तम पोखरेल कतै भेटिएनन् । अनुजाको नम्बरसँग सम्पर्क भएका टेलिफोनहरूको विवरण झिकाई कान्तिपुरले अनुसन्धान गर्दा उनले भनेजस्तो काठमाडौंमा पुरुषोत्तम नाम गरेका व्यक्तिसँग कुरा भएको पनि पाइएन । पत्यारिलो ढंगले उपलब्ध गराइएको समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टि भएको छ । नियोजित परिस्थिति र नक्कली पात्रहरूका कारण भ्रमपूर्वक गलत समाचार र विचार सम्प्रेषण हुन गएकामा कान्तिपुर सम्पूर्ण पाठकसँग क्षमाप्रार्थी छ ।
पालुङटारमा जे देखियो
दौडेर राजा हुने इतिहास बोकेको लिगलिगकोट फेदीमा रहेको माओवादीको पालुङटार बैठकले माओवादीका लागिमात्र होइन, मुलुकको राजनीतिमा पनि प्रभाव पार्नेछ । आगामी दिनमा यो चर्चामा आइरहनेछ । पालुङटार जानुअघि माओवादीका तीन नेता अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईको 'लिगलिगकोट' दौड सुरु भइसकेको थियो । त्यही दौड नै पालुङटारको सबभन्दा ठूलो विशेषता बन्यो ।
माओवादी अब कता ?
माओवादी उपाध्यक्ष मोहन वैद्यले पार्टी 'मुर्दा शान्ति' को पक्षमा नभएको भन्दै 'आवश्यक परे फेरि रगत बगाउन तयार भएको' चेतावनी बुधबार दिए ।
आखिर किन कडा चेतावनी दिए वैद्यले ?
वास्तवमा, गोरखा पालुङटार बैठकलगत्तै केन्द्रीय समितिले पारित गरेको 'जनविद्रोहको कार्यदिशा' मा अघि बढ्न पार्टीभित्र र बाहिर दबाब दिने उद्देश्यले उनी कडा देखिएका हुन् ।
के माओवादी फुट्ला ?
२०६३ साल असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक हुँदा अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई एउटै खैरो पोसाकमा थिए । एक वर्षअघि चुनवाङ बैठकमा 'एकअर्कामा विलीन भएका' दुवैले सायद बलियो एकताको सन्देश दिन उस्तै पहिरनमा देखिएका थिए । अहिले दाहाल र भट्टराईको समान पहिरन त के, एकैसाथ निकै कम देखिन्छन् । बितेका चार वर्षमा यी दुई नेताका सम्बन्धमा आएको चिसोपन बढ्दै गएर अहिले सिंगो पार्टीलाई प्रभावित गर्न थालिसकेको छ ।
झलानाथलाई ओलीको दनक !

Subscribe to:
Posts (Atom)